MKHC 339 -1 JSLBB 1513.9 38.9 DOLTI 538 10 NRN 905 -8 LEC 276.8 -6 HURJA 220 -4.6 LSL 253.5 -5.5 NLICL 606 -4 LBBL 475 -4.8 RHGCL 388 0 VLBS 902.5 -7.5 SBLD89 1200 16.1 MANDU 885 -14 BHDC 583 5.4 BNT 14350 -50 RMF2 9.21 -0.13 SMFBS 1505.2 6.2 DHPL 242 1 LLBS 1050 5 RNLI 495.5 1.5 C30MF 9.74 0 SBID83 1098 8.7 AHL 651 2 PRSF 9.54 -0.11 CORBL 958.8 -10.2 SAPDBL 569.6 -7.4 BHL 440 -13 SBCF 9 -0.2 CIT 2195 0 FOWAD 1479 0 SEF 9.51 -0.24 NMBD87/88 1027 -3 PPCL 262 -5.2 OHL 925 -9 CBBL 980 1 LBBLD89 1208.5 23.5 GRDBL 743 5 NICFC 8.97 -0.33 MBL 255 -4 KBLD86 1115 0
×
रवि लामिछानेप्रति इंगित गर्दै ओलीले भने- ४ मंसिरसम्म कुदिरहन्छन्, किन गाडीमा ढुंगा हान्नू !



एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् ।

सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् । उनले रवि लामिछानेप्रति इंगित गर्दै एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै घन्टी पनि बजाउन नपाउनू भन्दै व्यंग्य गरे । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन, एउटा घन्टी पनि बजाउन नपाउनू,’ उनले भने, ‘४ मंसिरसम्म कुदिरहन्छन् । कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’

ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । उनले अहिलेको गठबन्धन सरकारको कडा विरोध गरे । उनले अहिलेको सरकारलाई अलच्छिना भनेर आरोप लगाए । यो सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको, अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै आपत्ति जनाए ।

आफ्नो सरकारले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको उनले निकै प्रशंसा गरे । उनले नेपाली कांग्रेसप्रति रोष व्यक्त गरे । माओवादीसँग गठबन्धन गरेको भन्दै उनले कडा आपत्ति जनाए ।

आफू भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई भोट मागे । ओलीले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई पनि भोट मागे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस