KSY 9.22 -0.19 HEIP 381.8 20.8 SHPC 525 -3.9 CFCL 647 27.1 KKHC 260 -2 SCBD 1111 6 TRH 1118 -5 CKHL 632 -8 TVCL 461 1 NMB50 10.3 0.05 SIGS2 10.05 0 EBLD85 1105 5 NFS 1350 -43 SAGF 9.31 0.01 IHL 499 -1 SBLD89 1200 16.1 BPCL 449 -7 BARUN 379 -6.1 EHPL 840 7.9 MMF1 8.98 0.1 ICFC 823.9 74.9 NMLBBL 769 -11 USHL 783.2 -13.7 SHEL 242.9 -4.7 NIBD84 1030 -20 KBSH 2386 -9 GRDBL 743 5 SPDL 310 5 SADBL 419 -1 WNLB 2650 -80 GBBLPO 205 0 IGI 600 -4 CYCL 1540 -7 SBD87 1048 11.9 HLBSL 1010 -10 NESDO 2229 -18 VLUCL 588 -1.9 NABBC 631 -12 CLI 634 -4.9 SMPDA 910 -1
×
सूर्या लाइफको खुद नाफा ८२ दशमलब ५४ प्रतिशतले वृद्धि



सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२ दशमलब ५४ प्रतिशतले बढेको हो । यसको खुद बिमा शुल्क आर्जन १३।३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।

सूर्या लाइफको जगेडा कोष २१।५० प्रतिशत घटेको छ भने जीवन बिमा कोष २९।६५ प्रतिशतले सुधार देखिएको छ । असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ र जीवन बिमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ । सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ । यो हाल ज्योति लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस