×
Lagani
Lagani Shiksha gif
चितवनमा भोट माग्न आउने नेतालाई स्थानियले घण्टी बजाएर लखेटे ……

फाइल तस्बिर



भरतपुर चितवनमा रोचक घटना घटेको छ।

भरतपुर लंकुको मुख्य बजार धर्मचोकमा पार्टीले चुनावी कार्याक्रम गर्ने बेला सबै व्यापारीले आफ्नो पसल बन्द गरेर घण्टी बजाउदै कार्यकर्ताहरुलाई लखेटेका छन्। सधै चुनाव आउने बेला त्यहाँ कार्यक्रम गर्ने तर बिकास नगर्ने गरेका कारण त्यहाका व्यापारीले यस्तो गरेका हुन्। त्यो दिन देखि हाल सम्म कुनै पनि पार्टीको मान्छेहरु चुनावी कार्याक्रम गर्न त्यहाँ नआएको एकजना ब्यापारी बताउछन।

करिब ४ बर्षदेखि ५ किलोमिटर सडक पनि पिच गर्ने कार्य अलपत्र परेको कारण ब्यापारीहरु रुष्ट बनेका हुन्। ४ बर्ष देखि सडक अलपत्र हुदा सबैको ब्यापारमा असर गरेको र धुलोले गर्दा धेरै बिरामी पर्ने गरेको कारण ब्यापारीहरुले राजनीतिक दलका नेताहरु मन पराउन छाडेका छन्।

गत स्थानिय चुनावमा रेणु दाहालले पनि सोहि स्थानमा चुनावी सभा गरेर चुनाव जितिन तर सडक भने जस्ताको त्यस्तै छ। बढीमा ५ किलोमिटर रहेको उक्त सडक ५ बर्ष हुदा पनि पिच हुन् सकेको छैन। अघिल्लो कार्यकालमा आन्दोलन गर्दा मेयरको आस्वासन मात्र प्राप्त भयो तर फेरी चुनाव जितेपछि पनि काम भने हुन् सकेन। अलिकति बनेको सडक पनि भत्की सकेको छ।

Screenshot 2022 02 19 103355 चितवनमा भोट माग्न आउने नेतालाई स्थानियले घण्टी बजाएर लखेटे ......

धर्मचोक बजार

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस