Sep 27,2023 
10:46 AM
Live :
FMDBL      664.8
-1.99 % -14
API      198.3
1.95 % 4
KPCL      351.9
2 % 7
NICLBSL      669.9
-1.99 % -14
LEC      174
1.75 % 3
UHEWA      337.1
-1.98 % -7
EHPL      363.6
-1.99 % -7
MHCL      217.3
1.97 % 4
GCIL      483
0 % 0
TSHL      410.7
-1.98 % -8
MEHL      252.4
1.98 % 5
KBL      164
1.86 % 3
ICFC      480.2
-2 % -10
SLBBL      686.9
-2 % -14
LLBS      739.5
2 % 15
HLBSL      691.9
-2 % -14
GILB      914.9
2 % 18
AKPL      212
1.92 % 4
ALBSL      733
1.95 % 14
UPCL      202.9
1.96 % 4
HURJA      268.5
-1.97 % -5
HDHPC      141
1.51 % 2
BHPL      426.3
1.99 % 8
SPL      916.8
-2 % -19
RNLI      475
-0.57 % -3
×
सिटिजन्स बैंकको च्याटबट सेवा सुरु



डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकका लागि वेबसाइटमार्फत च्याटबट सेवा ‘सिटिजन्स साथी’को सुरुवात गरेको छ ।

यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै पनि बैंकिङ सेवाहरुको अनुरोध सीधै च्याटबट सेवा ‘सिटिजन्स साथी’द्वारा गर्न सक्नेछन् । यसका साथै ग्राहकले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरुका लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य हुने विश्वास बैंकले लिएको छ ।

IELTS PTE copy सिटिजन्स बैंकको च्याटबट सेवा सुरु

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ९० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ईकेवाईसी तथा नागरिक एपमार्फत् अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ ।

यसका साथसाथै बैंकका ग्राहकको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङसम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन ०१–५९७००६८ नम्बरमा फोन गरी तथा [email protected] मा ई–मेल गरी प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने तथा डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस