NICD83/84 1062 -19 GIBF1 9.69 0.1 MPFL 751 5 PCBL 292 -2 SNMAPO 190 0 UNL 48870 -930 NRIC 803 -5 PBD84 1065 1.7 SHLB 1886.9 1.9 TPC 465 6 SMJC 574 -6 WNLB 2650 -80 KRBL 613 0 NICFC 8.97 -0.33 NIBD84 1030 -20 SBL 345 -8.1 KSBBLD87 1093.4 18.4 TSHL 909 -11 SLBSL 1398.4 21.4 MEL 292 2 SBLD84 1040 19.3 SHEL 242.9 -4.7 RBCLPO 12300 88 BPCL 449 -7 LEC 276.8 -6 SHL 512 -4.5 FOWAD 1479 0 KBSH 2386 -9 CZBIL 242 -10 AHPC 267 -0.6 ILI 483.5 -2.5 JBBL 351 -3.1 HEIP 381.8 20.8 NICA 452 -13 SIFC 628 10 KKHC 260 -2 SFCL 704.1 63.6 BARUN 379 -6.1 SMPDA 910 -1 NHPC 220.1 0
×
नबिल फ्लेक्सी क्याप फन्डको बिक्री खुला



नबिल इन्भेष्टमेन्टले आज बुधबारदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्दैछ ।

लगानीकर्ताले यसमा बुधबार कार्यालय समयपछि आवेदन दिन सक्नेछन् । क्यापिटलले ‘नबिल फ्लेक्सी क्याप फन्ड’ नाममा कुल ७ करोड ५० इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ । ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ ।

बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ । यसमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर ७ गतेसम्म खुला रहनेछ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस