HEI 648 -10 PBLD87 1028 -2 KDL 1059 16 FMDBL 758 -0.1 MANDU 885 -14 SIGS3 9.45 0.09 SAPDBL 569.6 -7.4 JOSHI 305 -6.8 BGWT 934.9 -21.1 NABIL 594 3 CMF2 9.21 -0.1 USLB 1467 -2.9 SRLI 443.1 -4.9 FOWAD 1479 0 BARUN 379 -6.1 RHPL 364 -5.2 AVYAN 909 -6 JBBL 351 -3.1 SMATA 875 -16 CHDC 1684 -35.9 IHL 499 -1 GBILD86/87 1030 4 MMKJL 543.6 9.6 DDBL 916.2 3.1 BFC 625 9.1 DORDI 429 -3.3 MKCL 1497 -26 NBLD87 1020 -8 SDBD87 1035 4 SAEF 11.22 0.17 SCB 691.1 3.6 CHCL 568.9 -8.1 GBBLPO 205 0 NIBLSTF 8.68 0 TSHL 909 -11 TPC 465 6 NICD83/84 1062 -19 SHPC 525 -3.9 MHCL 410 -7 RURU 740 -9.8
×
नेपाल बैंकको ब्याज आम्दानी बढ्दा खुद नाफा घट्यो , इपिएस कति ?



चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित बनेको छ ।

गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्जसँगै कर्मचारी खर्च पनि बढेको छ । जसका कारण सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा भने घटेको छ । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसा (वार्षिक) मा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस