CIT 2195 0 KSBBL 448 -3 SLBSL 1398.4 21.4 CMF2 9.21 -0.1 SBI 482.9 -6 NIFRA 280 -5 RBCLPO 12300 88 BARUN 379 -6.1 EHPL 840 7.9 ALBSL 1040 -4 USHEC 523 -7 SBL 345 -8.1 KBLD86 1115 0 SHLB 1886.9 1.9 ANLB 4453.1 47 MSLB 1564 -70 SAHAS 505 28 SINDU 667 -6 VLBS 902.5 -7.5 NICD83/84 1062 -19 H8020 10.2 -0.05 SIGS2 10.05 0 TRH 1118 -5 CZBIL 242 -10 NBF3 9.04 0.17 DDBL 916.2 3.1 NMFBS 1435 1 TPC 465 6 NLG 1317 2 EBL 605 5 CHCL 568.9 -8.1 HIDCL 270.7 -4.1 MHL 725 3.5 PMHPL 260 -4 SLBBL 958.9 -4.2 GUFL 735 5 RNLI 495.5 1.5 SRBLD83 1065 -10 RHPL 364 -5.2 SSHL 215 0.8
×
स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन



नेप्सेमा स्वरोजगार र आशा लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले शुक्रबार स्वरोजगार र आशा लघुवित्तको २५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो ।

नेप्सेले स्वरोजगार लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ १२ सय ७२ रुपैयाँ निर्धारण गरेको छ । स्वरोजगारले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा १३ औँ वार्षिक साधारणसभा बोलाएको छ ।

सो सभा बिहान ११ बजे सुरु हुनेछ । त्यसैगरी, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यसैगरी, आशा लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १५ सय १९ रुपैयाँ ९२ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न २७ कात्तिकमा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ ककनीमा पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सो सभा बिहान १० बजे सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित एक दशमलव ३१ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्दै छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ दुबै कम्पनीले आज १२ कात्तिकमा बुक क्लोज गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस