×
Lagani
Lagani Shiksha gif
ज्योति लाइफको शेयर संरचना परिवर्तन



ज्योति लाइफ इन्स्योरेन्सले शेयर संरचना परिमार्जन गर्ने भएको छ ।

कम्पनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्ने भएको हो । कम्पनीले विध्यमान संस्थापक शेयरधनीहरुलाई सर्वसाधारण शेयरमा परिणत हुन नचाहेमा स्वघोषणा गर्न आह्वान गरिएको छ ।

Lagani Shiksha gif
sharehubapk ज्योति लाइफको शेयर संरचना परिवर्तन

हाल कम्पनीको संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यसलाई परिमार्जन गरी कम्पनीले संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्न लागेको हो ।यसबाट १९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत हुनेछ ।

कम्पनीले गत साउन २४ गते सम्पन्न गरेको विशेष साधारणसभाबाट शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो ।   कम्पनीले संस्थापक सेयरधनीहरुलाई आफ्नो स्वामित्वमा रहेको सेयर सर्वसाधारण समूहमा परिमार्जन इच्छुक नभएमा सोहीअनुसारको स्वघोषणापत्र ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालयमा वा कम्पनीको ई–मेलमा पठाउन आग्रह गरेको छ।

तोकिएको समयभित्र स्वघोषणापत्र संस्थापक सेयरधनीहरुबाट प्राप्त नभएमा संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न स्वीकृति प्रदान गरेको मानिने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस