×
Nepse Bajar Messenger Channel
आशा लघुवित्तको सेयरमा आजसम्म आवेदन दिन सकिने



आशा लघुवित्त वित्तीय संस्थाको लिलामी सेयरमा आवेदन दिने साेमबार अन्तिम दिन रहेको छ ।

कम्पनीले २३ असोजदेखि सात लाख ८९ हजार नाै सय कित्ता संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । उक्त सेयर खरीद गर्न इच्छुक योग्य व्यक्तिले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्नेछन् ।

आवेदकले सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सेयर संख्याका लागि कुनै पनि हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस