×
Lagani
Lagani Shiksha gif
कारोबारमा आएको पहिलो दिननै पिपुल्स पावरको शेयरमूल्यमा नकारात्मक सर्किट।



कारोबारमा आएको पहिलो दिन नै पिपुल्स पावर कम्पनी लिमिटेडकाे शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ।

२ सय ८४ दशमलभ १० रुपैयाँमा पहिलो कारोबार भएर राम्रो ओपनिङ्ग गरेको कम्पनीको शेयर म्युचल फण्डले धमाधम बिक्रि गरेपछि पहिलो दिनमै गिरावट आएको हो। कम्पनीको शेयरमूल्य यतिबेला २ सय ५५ दशमलभ ७० रुपैयाँ कायम भएको छ। म्युचुअल फण्डहरूले नै ठुलो मात्रामा बिक्रि गर्न थालेपछि कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो।

Lagani Shiksha gif
sharehubapk कारोबारमा आएको पहिलो दिननै पिपुल्स पावरको शेयरमूल्यमा नकारात्मक सर्किट।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको थियो ।

पिपुल्स  पावरले  साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस