×
Lagani
Lagani Shiksha gif
कतिमा भयो पिपुल्स पावर र सयपत्री हाइड्रोपावरको पहिलो कारोबार ?



बिहिबार नेप्सेमा सुचिकृत कम्पनीको आज नेप्सेमा पहिलो कारोबार भएको छ।

सुचिकृत २ कम्पनि मध्य पिपुल्स पावरको शेयर स्पेसल प्रि -ओपन सेसनमा कारोबार भएको छ भने सयपत्री हाइड्रोपावरको शेयर कारोबार हुन् सकेन। पिपुल्स पावरको आज २ सय ८४ दशमलभ १० रुपैयाँमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको थियो ।

Lagani Shiksha gif

त्यस्तै सयपत्री हाइड्रोपावरको अर्डर म्याच नभएर स्पेसल प्रि -ओपन सेसनमा कुनै कारोबार नभए पछि आज कम्पनीको शेयर कारोबार नहुने भएको छ।  अब भोलिको कारोबारमा अर्डर म्याच भएमा कम्पनीको शेयर कारोबार हुने छ।

सयपत्रीले  ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय  बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लागी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस