×
Lagani
Lagani Shiksha gif
सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने , ओपनिङ्ग रेञ्ज कति ?



सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर आइतबार धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

कम्पनीको आईपीओ विहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ । तर, आज शुक्रबार सेयर कारोबार नहुने र भोलि शनिबार परेकोले आइतबारबाट सेयर कारोबारमा आउने भएको हो ।

Lagani Shiksha gif
sharehubapk सयपत्री हाइड्रोको आईपीओ आइतबारबाट कारोबारमा आउने , ओपनिङ्ग रेञ्ज कति ?

नेप्सेमा यो कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् ।  नेप्सेले यो कम्पनीलाइई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४.९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।

यदि आइतबार स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस