नेप्सेमा २ कम्पनीको शेयर सूचीकृत भएको छ।
आज नेप्सेमा सयपत्री हाइड्रोपावर र पिपुल्स पावरको शेयर सुचिकृत भएको हो। सयपत्री हाइड्रोपावर कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचीकृत भएको हो भने पिपुल्सको ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो।
पिपुल्स पावरले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६ मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।
त्यस्तै सयपत्री हाइड्रोपावर ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लागी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ ।
अब अर्को कारोबार दिनदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुने छ । सयपत्री हाइड्रोपावरले SPHL कारोबार संकेत पाएको छ भने पिपुल्स पावरले PPL कारोबार संकेत पाएको छ।











