×
Lagani
Lagani Shiksha gif
संस्थापक सेयर बिक्री गर्दै कामना सेवा विकास बैंक।



कामना सेवा विकास बैंकका एक संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको बैंकको संस्थापक सेयर बेच्न लागेका हुन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने छन् ।

Lagani Shiksha gif
sharehubapk संस्थापक सेयर बिक्री गर्दै कामना सेवा विकास बैंक।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले २७ असोजबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस