×
Lagani
Lagani Shiksha gif
 तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज रिपोमार्फत ३० अर्ब बजारमा पठाउने ।



तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले ७ दिने रिपो जारी गर्न लागेको हो ।  बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो कात्तिक ३ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् ।

Lagani Shiksha gif

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस