×
Lagani
Lagani Shiksha gif
अब १ लिटरको बोटलको पानी १६ रुपैयाँ भन्दा बढीमा बिक्रि गरे कारबाही हुने !



बजारमा पानीको मुल्यमा मनपरी भइरहेको हुदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलले त्यस्तो नगर्न निर्देशन दिएको छ।

विभागले एक सुचना जारि गर्दै दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुँदै आएको प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदन समेतका आधारमा अधिकतम खुद्रा मूल्य निर्धारण भएको हुदा त्यो भन्दा बढीमा बिक्रि नगर्न निर्देशन दिएको हो।

विभागले काठमाडौं उपत्यका भित्र १ लिटरको बोटलको पानी अधिकत्तम १६ रुपैयाँमा बिक्रि गर्न मिल्ने र २० लिटरको जारको पानी अधिकत्तम ४७ रुपैयाँमा बिक्रि गर्न मिल्ने भनेको छ। त्यस्तै काठमाडौं उपत्यका बाहिर १ लिटरको बोटलको पानी अधिकत्तम २०  रुपैयाँमा बिक्रि गर्न मिल्ने र २० लिटरको जारको पानी अधिकत्तम ६०रुपैयाँमा बिक्रि गर्न मिल्ने भनेको छ। उल्लेखित मल्य भन्दा बढी रकममा त्यस्तो प्रशोधित पानीको बोटल वा जार बिक्री वितरण गरेको पाईएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम सम्बन्धित बिक्रेतालाई हदैसम्मको कारवाही गर्ने  विभागले जनाएको छ ।

साथै त्यस्तो मूल्य भन्दा बढी रकम तिरेर पानी खरिद नगर्नुहुन र कहिँकतै कसेले जबरजस्ती बढी रकम लिन खोजेमा यस विभाग वा मातहतका कार्यालयमा, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय वा स्थानीय तहमा सूचना दिन आम सर्वसाधारण उपभोक्तालाई अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस