×
Lagani
Lagani Shiksha gif


नेपालमा मोबाइल ब्याङ्किङको सुविधा प्रयोग गर्ने ग्राहकको सङ्ख्या बढिरहेको छ।

इन्टरनेट र मोबाइल फोनको सर्वसुलभताले मोबाइलबाट हुने ब्याङ्किङ कारोबार बढेको हो। तर चनाखो नहुने हो भने यो सुविधा प्रयोग गर्ने ग्राहकहरू जोखिममा पनि रहेको साइबर सुरक्षाविज्ञ र अधिकारीहरू बताउँछन्। केही समययता सामाजिक सञ्जालको प्रयोग गरी, प्रलोभनमा पारी झुक्याएर पासवर्ड वा ओटीपी चोरी गरी अनलाइनमार्फत् हुने ठगी बढेको बताइन्छ।

Lagani Shiksha gif

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार गत आर्थिक वर्षमा ६१० वटा अनलाइनमार्फत् हुने आर्थिक अपराधका घटनामा उजुरी परेकोमा विगत दुई महिनाभित्र ८२ वटा उजुरी दर्ता भएका छन्। कतिपय घटनाबारे ग्राहकले थाहै नपाएको वा ढिलो थाहा पाउने भएकाले ठगिने मानिसको सङ्ख्या अझ बढी हुनसक्छ।

अनलाइनमार्फत् कस्ता ठगीका घटना हुन्छन् र यसबाट कसरी जोगिन सकिन्छ? हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस