आफ्नै पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् ।
उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारी अनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको हुदा लामिछाने अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन आउदैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा भएतापनि अब उनि चितवन-२ बाट चुनाव लड्ने भएका हुन् ।
पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे सूचना गोप्य राखेको छ । चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेलर्लाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । रिपोर्टर्स नेपालको सहयोगमा
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















