सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागी सकेको छ ।
कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले रु ५०१ देखि ७ सय ५१ दशमलभ ५० भित्रको मूल्य भित्र शेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।
रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।
कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । कम्पनीले रु ६०८देखि ९ सय १२ भित्रको मूल्य भित्र शेयर निष्कासन गर्ने छ। यसमा पनि बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।
बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न ७४ ओटा संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका छन् ।













