साहस उर्जाले निस्कासन गरेको आईपीओ डिम्याट खातामा , ओपनिङ्ग रेञ्ज कति होला ?

साहस उर्जाले निस्कासन गरेको आईपीओ सम्बधित शेयरधनीको डिम्याट खातामा आएको छ। सिडीएससीले SAHAS कारोबार संकेतका साथ लगानीकर्ताको खातामा उक्त शेयर पठाएको छ। डिम्याट खातामा शेयर आएसँगै  यहि साताभित्र नेप्सेमा सुचिकृत हुने सम्भावना रहेको छ।

 

कम्पनीले निस्कासन गरेको आइपियो ६ लाख ४४ हजार लगानीकर्ताले हात पारेका थिए।कम्पनीको इपिएस ३५.३१ रहेको छ भने प्रति शेयर नेटवर्थ रु १५७ रहेको छ।  नेप्सेले दोस्रो बजारमा कारोबारको लागि ओपनिङ्ग रेञ्ज १३५ दशमलव ११ रुपैयाँदेखि ४०५ दशमलव ३३ रुपैयाँ  तोक्ने सम्भावना रहेको छ।

कम्पनीले असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर  बाँडफाँट गरि सकेको छ  । यस आइपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो   ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आज आईपीओ बाँडफाँट भएको हो ।

उक्त कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो  । कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।