मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार बाँडफाँट हुने भएको छ ।
उक्त आईपीओमा ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन परेको थियो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँट गरिनेछ । हालको आवेदन अनुसार हेर्दा करिब ३२ प्रतिसत आर्थत ८.१ लाख लगानीकर्ताले १० कित्ता शेयर हात पर्ने छन भने १५ लाख ७४ हजार ४२८ जनाको हात खाली हुने भएको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू. १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणलाइ बाँकी ८१ लाख ९० हजार कित्ता छुट्याइएको छ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।
नोट : माथि ८.१ लाख लगानीकर्ता हुनु पर्ने मा अन्यथा भएको कारण सच्चाएका छौ।

















81 lakh ki sir 8.1 lakh ?
जनाकारीको लागि धन्यवाद। ८.१ लाख नै हो , हामीले सच्चाई सकेका छौ।