NABBC 631 -12 UNHPL 266 0 PBD85 1079.9 19.9 MCHL 488.3 -3.7 GVL 538.5 -22 JBLB 1534 -3 AKJCL 209 -3 C30MF 9.74 0 MNBBL 395.8 -0.8 NRM 426.1 -4.9 NIBLSTF 8.68 0 LEC 276.8 -6 TRH 1118 -5 CLI 634 -4.9 NIMBPO 176.9 -1.1 SPDL 310 5 KSBBLD87 1093.4 18.4 MLBL 398 -6.9 TAMOR 482.9 -2.1 MSHL 938 3 PRSF 9.54 -0.11 SDBD87 1035 4 MKCL 1497 -26 FMDBL 758 -0.1 UPCL 262.2 -2.7 SNLI 585.1 -0.9 EBL 605 5 PPL 461 -2.5 JSLBB 1513.9 38.9 MBLD2085 1085 6.5 MEHL 380.1 -19.9 NYADI 305.4 -6.6 PMLI 562 1 SAPDBL 569.6 -7.4 PPCL 262 -5.2 KBSH 2386 -9 CZBIL 242 -10 UNL 48870 -930 NICLBSL 705.5 -7.5 UHEWA 476 -11
×
चोरको निसानामा एनएमबी बैंकको एटिएम , फुटाउँदै गरेको अवस्थामा एक पक्राउ !



पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसअघि गत साउन ३ गते पोखरामा एकैरातमा दुईवटा बैंकको एटिएममा चोरीका घटना घटेको थियो । २१ वर्षिय अनिस तामाङले गत साउन ३ गते राती पोखराको अर्घौ चोकस्थित एमएमबी बैंककै एटिएमबाट झण्डै १५ लाख चोरी गरेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस