×
Lagani
Lagani Shiksha gif
हिमालयन बैंकको ऋणपत्रमा २९ भदौसम्म आवेदन दिन पाइने



हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद २९ भदौसम्म रहेको छ ।

पहिलो चरणमा सबै बिक्री नभएपछि आवेदन दिने समय लम्ब्याएर २९ भदौसम्म पुर्‍याइएको हो । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।

यो ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस