MSHL 938 3 JBLB 1534 -3 IGI 600 -4 NFS 1350 -43 SBID83 1098 8.7 PSF 9.51 -0.09 LEC 276.8 -6 MHCL 410 -7 SNMAPO 190 0 BBC 4255 50 HDL 1423.1 49.1 RIDI 235 0 HHL 439 -3.2 HBL 260 -13 RMF2 9.21 -0.13 NICD88 1032 -21 SICL 832 0 IHL 499 -1 UAIL 639 -1 DORDI 429 -3.3 SFMF 10.2 -0.2 GMFIL 623 1 MNBBL 395.8 -0.8 SIGS3 9.45 0.09 HPPL 316.3 -3.6 MEL 292 2 SLBBL 958.9 -4.2 MATRI 1405 -8 GRDBL 743 5 SKBBL 934 -3 AVYAN 909 -6 NBBD2085 1100 0 BOKD86 1040 18 LBBL 475 -4.8 GLH 244 -2 LICN 1995.9 -27.1 LBBLD89 1208.5 23.5 NMB50 10.3 0.05 MKHC 339 -1 ADBL 367 -11.1
×
हिमालयन बैंकको ऋणपत्रमा २९ भदौसम्म आवेदन दिन पाइने



हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद २९ भदौसम्म रहेको छ ।

पहिलो चरणमा सबै बिक्री नभएपछि आवेदन दिने समय लम्ब्याएर २९ भदौसम्म पुर्‍याइएको हो । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको हो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।

यो ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको छ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस