×
Lagani
Lagani Shiksha gif
आज कामना सेवाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



कामना सेवा विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले भोली बुधबारबुकक्लोज गर्दैछ।

आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने हाल कायम चुक्ता पूँजीको  १८ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९७ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न २३ कात्तिकमा १५औँ साधारणसभा बोलाएको छ । सभा पार्क भिलेज रिसोर्ट बूढानीलकञ्ठ काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ। आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, वासलात तयार गर्ने,  नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने एजेण्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस