PBD84 1065 1.7 NICSF 9.5 0.25 RIDI 235 0 EBLD86 1040 -2 NICFC 8.97 -0.33 USHL 783.2 -13.7 PHCL 465.1 -9.9 MBL 255 -4 SLBSL 1398.4 21.4 UNL 48870 -930 NBF3 9.04 0.17 BNHC 466.9 0.7 SAGF 9.31 0.01 API 289.5 2.5 UHEWA 476 -11 NRIC 803 -5 MLBS 1532.3 -86.7 GLBSL 1600.4 -29.6 BHL 440 -13 MLBL 398 -6.9 UNLB 2527 -3.9 ULBSL 3199 37 KSBBL 448 -3 HHL 439 -3.2 HURJA 220 -4.6 NHDL 570 0 RADHI 397.9 7.9 SMPDA 910 -1 HBL 260 -13 LBBLD89 1208.5 23.5 MNBBL 395.8 -0.8 RURU 740 -9.8 NRN 905 -8 GILB 1268.4 4.4 SRLI 443.1 -4.9 MEN 631.1 -3.9 GBILD86/87 1030 4 RBCLPO 12300 88 RSDC 735 0 CYCL 1540 -7
×
कुमारी बैंकको ऋणपत्र निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



कुमारी बैंक लिमिटेडले भदौ १७ गतेदेखि वार्षिक ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । कुल निष्कासन मध्य ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने छ । त्यस्तै सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एप र वेवसाइटबाट आवेदन दिन सक्नेछन् । यो ऋणपत्रमा छिटोमा भदौ २१ गते सम्म आवेदन दिन सकिनेछ भने त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ ३१ गतेसम्म भर्न सकिनेछ ।

इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम न्युन भएको संस्था जनाउछ ।

KBL debenture 25 August 2022 scaled कुमारी बैंकको ऋणपत्र निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस