सामलिंग पावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

सामलिंग पावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ । ४ कात्तिकदेखि निष्कासन खुला भएको आईपीओमा आइतबार कार्यालय समयभित्र आवेदन दिन पाइने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरूका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार पाँच सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार नाै सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार आइतबार ५ बजेसम्म १७ लाख ५८ हजार ४५० जनाले २ करोड ११ लाख ३२ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ३१ दशमलव १२ गुणा बढी आवेदन हो ।

कम्पनीले निष्कासन गर्ने सो सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।