×
Lagani
Lagani Shiksha gif
स्वावलम्बन लघुवित्तले नाफा बढाउँदा ईपीएस र नेटवर्थ कति छ ?



स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिसम्म संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ ।

Lagani Shiksha gif

यता, सञ्चालन नाफा पनि १४.६१ प्रतिशतले बढेको छ । यसको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो । यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।  यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ ।

रिजर्भ २८.८९ प्रतिशतले बढेको छ । यसको रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ४.३८ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस