×
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट हुने भएको छ।

कम्पनीले साउन १३ गतेदेखि निष्काशन गरेको आईपीओ  मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ। आइतबार प्रि-अलटमेन्ट सम्पन्न भएको हुदा भोलि बाँडफाँट गरिने भएको हो।

कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस