×
Lagani
Lagani Shiksha gif
सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज मंगलवार अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १३ गतेदेखि आवेदन आह्वान गरेकोमा मंगलवार लगानीकर्ताले आवेदन दिन पाउँने भएका हुन् ।कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।  यसमध्ये ३६ हजार ५३ कित्ता शेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ  भने बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

उक्त आईपीओमा प्रतिकित्ता रू१०० का दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आज बैकिङ समयसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस