×
Lagani
Lagani Shiksha gif
गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



गुराँस लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार ८ कात्तिकबाट २२ कात्तिकसम्म बुक क्लोज गर्दैछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई नगद लाभांश वितरण गर्न २२ कात्तिकमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा सोमबार बिहान ११ बजे न्यू अञ्जुली होटल, धनकुटामा सुरु हुनेछ ।

Lagani Shiksha gif
sharehubapk गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १६ दशमलव ९०६४ प्रतिशतले हुन आउने एक करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८८९ प्रतिशतले हुन आउने सात लाख ४२ हजार रुपैयाँ नगद लाभांश साधारण सभाबाट पारित गर्नेछ।

सभामा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लघुवित्तको संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने, आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने तथा आर्थिक वर्ष ०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा राखिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस