×
Lagani
Lagani Shiksha gif
बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डसँग माग्यो अनुमति।



सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत  कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

Lagani Shiksha gif

रिलायन्स स्पिनिङ मिल्सले पनि बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि ७ लाख ७० हजार ६४० कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो ।

कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा पनि बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस