MERO 620 -4 SHL 431.7 -4.9 EHPL 450 1 MEHL 320 -9 SWBBL 744.8 -10.1 NABBC 407.5 -6.5 SIGS2 7.92 -0.07 LBBL 368 -1.2 SINDU 365 5 SDBD87 1000 10 KKHC 225.4 -2.6 CITY 587 2 GBIME 177.4 -2.6 GHL 150 -2.5 PSF 8.69 0.12 HLI 386 -2 HATHY 851 -4 GUFL 905 82 SBID83 1052 -21 TPC 496 -15 USHL 484.1 -13.9 MBLD87 980 -17 BBC 3700 -21.6 NBLD82 1020 20 SABSL 789 -31 SJCL 274.1 -5.7 NICBF 8.35 -0.05 UPPER 166.1 -2.2 KMCDB 784 -23 MHNL 235 -1.9 MKHL 464.9 6.9 SMHL 439.9 1.3 SAEF 10.09 0.11 SICL 683.4 -0.6 SBLD84 974.1 -25.9 PMHPL 232 -4.9 CMF1 8.8 -0.1 BHDC 477 -2 SIKLES 505.2 -8.8 BHPL 497.7 -2.3
×
एभरेस्ट बैंकले एकैपटक दुई वटा ऋणपत्र निष्कासनको अनुमति



एभरेस्ट बैंकले एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एभरेस्ट बैंकलाई एकैपटक दुईवटा ऋणपत्र निष्कासनको अनुमति दिएको छ । सेबोनले साउन २ गते एभरेष्ट बैंकलाई २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र–२०८५’ र २ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऊर्जा ऋणपत्र–२०८९’ निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले एभरेष्ट बैंक ऋणपत्रका १ हजार अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ ।

यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.५ प्रतिशत ब्याज पाउनेछन् । बैंकले ऊर्जा ऋणपत्रअन्तर्गत १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ जारी गर्नेछ । जसमा १२ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ८ लाख इकाइ सार्वसाधारणका लागि जारी गर्नेछ ।

यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ५.५ प्रतिशत ब्याज पाउनेछन् । यी दुवै ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस