सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस सेयर र एक दशमलव ५७८९ प्रतिशतले हुन आउने दुई करोड आठ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको बोनस वितरणपछि पुँजी आठ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।