सयपत्री हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाट भएको छ ।
हाइड्रोपावरले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई निष्कासन गरेको आईपीओ साउन २ गते बाँडफाट भएको हो । कम्पनीले १०० अंकित मूल्यमा तीन लाख कित्ता सेयर बिक्री खुला गरेको थियो ।
यसले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानिय बासिन्दालाई निष्कासन गरेको आईपीओ बाँडफाट गरेको हो । माग अनुसार आवेदन नपरेको हुदा आवेदन दिने सबैले आवेदन दिए अनुसार सम्पूर्ण कित्ता शेयर हात पारेका छन्।
आईपियोको नतिजा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेवसाइटबाट हेर्न सकिन्छ। माग नपरेको आईपीओ अब सर्बसाधारणलाइ निष्कासन गरिने छ।
आईपीओमा एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















