सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ । बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गर्न लागेको बैंकले जनाएको छ ।

बैंकको उक्त सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।