×
सानिमा र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन



सानिमा बैंक र माछापुच्छ्रे बैंकको सेयर मूल्य समायोजन भएको छ ।

लाभांश वितरण र साधारणसभाका लागि आइतबार भएसँगै नेप्सेले दुई बैंकको बोनस समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले समायोजित सेयर मूल्य निर्धारण गरेको हो ।

सानिमा बैंकको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले ४१७ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ प्रतिश बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । त्यस्तै, नेप्सेले माछापुच्छ्रेको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३२२ रुपैयाँ ०७ पैसा निर्धारण गरेको छ ।

नेप्सेले बैंकको १३ दशमलव ३० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । बिहीबारको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले मूल्य निर्धारण गरेको हो । बिहीबार सानिमा बैंकको ४८८ रुपैयाँ ८० पैसा र माछापुच्छ्रे बैंकको प्रतिकित्ता ३६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस