×
अप्पर सोलुको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका।



अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ आज बाँडफाँट भएको छ।

विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो। क्यापिटलका अनुसार आईपिओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए ।  जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ ।  योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले निस्कासन गरेको आईपीओ  १ लाख ८२ हजार ४७  जनाले १० किताको दरले हात पारेका छन् भने ५ जनाले १ कित्ता बढी पाएका छन्।  त्यस्तै बाकि आवेदकको भने पहिले जस्तै  हात खालि रहेको छ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस