×
सानिमा र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि समझदरी



सानिमा लाइफ र रिलायन्स लाइफ इन्सुरेन्सबीच मर्जरका लागि सम्झौता भएको छ ।

दुवै कम्पनीले असार २९ गते बुधबार  काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ इन्सुरेन्सका सञ्चालक भरत कुमार तोदी र सानिमा लाइफ इन्सुरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बीमा  समितिले जीवन बीमा  कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बीमा  कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत असार १२ गते सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्सबीच पनि मर्जर सम्झौता भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस