EBLD86 1040 -2 SBLD84 1040 19.3 GBBL 447 -6 NMBMF 695 -10 PCBL 292 -2 ANLB 4453.1 47 AKPL 248.5 -2.5 SMB 1809 4 CORBL 958.8 -10.2 CGH 909 -5 NIBLSTF 8.68 0 RMF1 9.15 -0.1 SHEL 242.9 -4.7 UHEWA 476 -11 SNLI 585.1 -0.9 ALBSL 1040 -4 HEI 648 -10 SEF 9.51 -0.24 GUFL 735 5 RBCLPO 12300 88 RFPL 532 11.1 SBLD89 1200 16.1 NICA 452 -13 SBCF 9 -0.2 CKHL 632 -8 PBD88 1102.1 2.1 LEC 276.8 -6 H8020 10.2 -0.05 NADEP 1030 -55 RMF2 9.21 -0.13 ULHC 390 -7.9 USLB 1467 -2.9 OHL 925 -9 PRIN 968 4 SICL 832 0 MBL 255 -4 HBLD83 1056.3 0.3 CMF2 9.21 -0.1 SBI 482.9 -6 USHEC 523 -7
×
सानिमा बैंकको ऋणपत्रमा आज पनि आवेदन दिन सकिने



सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ ।

बैंकले असार १० गते ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । यसले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने छ । बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो ।

यस ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाई नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस