×
Lagani
Lagani Shiksha gif
सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का



सीवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त एक आपसमा मर्ज हुने भएका छन् ।

दुवै कम्पनीबीच २२ असारमा मर्जर सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो । मर्जरका लागि समझदारी भएसँगै नेप्सेमा यी दुई लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

यसअघि आँधिखोला लघुवित्तको धौलागिरी लघुवित्तसँग मर्जमा जाने सम्झौता भाँडिएको थियो । धौलागिरीसँग मर्जर सम्झौता भएपछि रोक्का रहेको आँधिखोलाको सेयर कारोबार अढाई वर्षपछि गत २७ जेठमा मात्र फुकुवा भएको थियो ।

कारोबार फुकुवा भएको एक महिना पनि नबित्दै आँधिखोलाको सेयर कारोबार पुनः रोक्का भएको छ । हाल सीवाईसी लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ भने आँधिखोला लघुवित्तको ११ करोड ९० लाख रुपैयाँ रहेको छ। यी दुई लघुवित्तको सेयर स्वाप रेसियो भने सम्पति तथा दायित्व मूल्यांकनपछि मात्र तय हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस