×
Lagani
Lagani Shiksha gif
अप्पर सोलु हाइड्रोको आईपीमा आवेदन दिने आज अन्तिम दिन।



अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरिदका लागि आवेदन दिने असार २३ गते अन्तिम दिन रहेको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छोटो अवधिभित्र आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

Lagani Shiksha gif
sharehubapk अप्पर सोलु हाइड्रोको आईपीमा आवेदन दिने आज अन्तिम दिन।

सर्वसाधारणमा वितरण गर्न लागेको रु. १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये  कम्पनीले ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदनदिन सक्नेछन् । सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी सम्पूर्ण  बैंक तथा वित्तीय संस्थाहरू र तीनका शाखा कार्यालयहरूबाट साथै मेरो सेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस