SHEL 242.9 -4.7 GRDBL 743 5 LBBLD89 1208.5 23.5 ENL 1102 -18 NIL 912 8 SPIL 853 -18 SPHL 666.9 16.9 EBL 605 5 USHL 783.2 -13.7 NICSF 9.5 0.25 BARUN 379 -6.1 NBF3 9.04 0.17 NADEP 1030 -55 RFPL 532 11.1 SMJC 574 -6 CITY 805 -17 UPCL 262.2 -2.7 MHL 725 3.5 ALICL 714.5 -1.2 NABBC 631 -12 SCBD 1111 6 USHEC 523 -7 NIBLGF 9.1 0.38 GCIL 498 -5.8 MND84/85 1030 2 KDBY 9.21 -0.23 MKJC 467.9 -1 KBLD89 1156 1 NIBLSTF 8.68 0 SHLB 1886.9 1.9 BFC 625 9.1 NICD88 1032 -21 PROFL 655 7 GLBSL 1600.4 -29.6 CIZBD90 1081 1 NABIL 594 3 SBD87 1048 11.9 GBILD86/87 1030 4 ANLB 4453.1 47 SBID83 1098 8.7
×
कतिपयले आफ्नो स्वार्थको रोटी सेक्ने र मौकाको फाईदा उठाउने प्रयास पनि गरे : तिलक कोइराला



यसपटक हामीले जेठ १७ गतेदेखि पूँजीबजार सुधार र विस्तारका लागि माग पत्र प्रस्तुत गरेर शुरु गरेको जेठ ३१ सम्मको सडक आन्दोलन र त्यसपछि असार १ देखि १० गतेसम्मको दश दिने आमरण अनशनको यात्रा धितोपत्र बोर्डसँगको १९ बुँदे सम्झौतामा टुंगिएको छ।

अहिलेलाई हाम्रा सबै मागहरु समयबद्ध रुपमा पुरा गर्ने लिखित सहमति र कार्यान्वयन समिति गठन नै ठूलो उपलब्धि हो। आउने साताबाट कार्यान्वयन समितिमार्फत फटाफट कामहरु हुँदै जाने छन्, यसका लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र हामीहरु दुबै प्रतिबद्ध छौँ।

यसपटक हामी शेयरलगानीकर्ताहरुले जुन त्याग र बलिदानीसहितको शान्तिपूर्ण संघर्ष गर्यौं, त्यो वास्तवमै निर्णायक र अन्तिम हो, अव यस्तै खालको आमरण अनशन गरेर फेरि लगानीकर्ताले पूँजीबजार सुधार र विस्तारका लागि दबाब दिनु नपर्ने गरी हामी उठेका छौं। अनशन तोडिएपछि अस्पताल भर्ना भएर डिस्चार्ज भई घरमा आएर कमजोर स्वास्थ्य अवस्था सुधारका लागि आराम गर्दै गर्दा आईरहेका धेरै फोन कलहरुलाई जवाफ दिनुको सट्टा आमरण अनशनका गौरव अनुभुतिसहित आफ्ना भावनाहरु एकमुष्ठ रुपमा यहाँ व्यक्त गर्दैछु।

अहिले जुन उपलब्धि पूँजीबजारले हात पारेको छ, त्यसका लागि हाम्रो आन्दोलन र आमरण अनशनको जगमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको सचिवालयको सक्रियतासहितको निर्देशन महत्वपूर्ण रह्यो। सत्ताधारी दल नेपाली काँग्रेसका प्रवक्ता तथा प्रधानमन्त्रीका निकटवर्ति डा. प्रकाशशरण महत, युवा नेता रामहरि खतिवडा र पूर्व अर्थमन्त्री डा. रामशरणा महतले हामीलाई अनशनस्थलमै आएर भेटी उहाँहरुमार्फत प्रधानमन्त्री कार्यालयसम्म भएका पहलले निर्णायक रुप लिएको हो। यसका लागि उहाँहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ।

हाम्रो अनशनस्थलमै आएर विपक्षी नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जुन साथ र समर्थन व्यक्त गर्नुभयो र संसदमा आवाज उठाउनु भयो, त्यो पनि महत्वपूर्ण थियो र यसका लागि उहाँलाई पनि हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्न चाहन्छौ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अनशनस्थलमा आएर न्यानो मायासहितको समर्थन र ऐक्यबद्धता व्यक्त गर्दा हामीमा थप शक्ति प्राप्त भयो भने काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले अनशनस्थलमा आएर दिएको साथ त झन् सदा अविस्मरणीय रहनेछ। मेयर शाहले हामी अनशनकारी लगानीकर्ताले शौचालय समेत जान नपाएको असुविधा आफै बुझेर हाम्रो माग विना नै घुम्ती शौचालयको तत्कालै व्यवस्था गरी युवा जनप्रतिनिधि जनताप्रति कति जिम्मेवार र जवाफदेही छन् भन्ने उदाहरण प्रस्तुत गर्नुभयो।

मेरो स्वास्थ्य अवस्था विग्रदै जान थाल्दा त्यही मौकामा लगानीकर्ताका केही नेताहरुले हाम्रो आमरण अनशन तुहाउन र यसपटक रित्तै अनशनस्थलबाट फर्काउन कस्तोसम्म हर्कत गरे भन्ने कुरा समय क्रममा खोलौला। वक्तव्य जारी गर्न, नेतासँग फोटो खिँचाउन र वार्ता समितिमा बस्न एक नम्बर मै नाम हुनुपर्ने माग गर्ने तर लगानीकर्ताको आन्दोलन र अनशनबाट कुलेलम ठोक्नेहरु को हुन् भनेर सबैलाई थाहा छ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेता केशव झाले अनशनस्थलमै आएर समर्थन गर्दा जसपा अध्यक्ष पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराईले व्यक्त गर्नुभएको धारणाले हामीलाई झन् उत्साह थप्यो। वर्तमान अर्थमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको घर धेर्न जानेदेखि पार्टी कार्यालयमा गएर ज्ञापन पत्र बुझाउनेसम्मका गतिविधिले थप दबाब सिर्जना गरेकै थियो। हामी लगानीकर्ताको आन्दोलनमा राजनीतिक दलहरुको सक्रियताले पूँजी बजारको समस्या यसपटक राष्ट्रिय मुद्दा बन्यो। सामाजिक संजालबाट पूर्व सचिव भीम उपाध्यायको पोष्टले लाखौको ध्यानाकर्षण गराएकै हो, यसका लागि उहाँप्रति पनि आभार व्यक्त गर्दछौ।

आमरण अनशनको सातौ दिन कटेपछि मेरो स्वास्थ्य अवस्था जटिलता तिर जान थाल्यो। आठौ दिनमा बेहोस जस्तो हुन लागेको आभाष भयो भने नवौ दिनमा त शरीरमा अक्सिजनको मात्रा कम भएर रक्त संचार नै रोकिए जस्तो भयो। यस क्रममा अस्पताल जाँदा त्यही प्रहरीको घेरावन्दीमा परेका भिडियोहरु भाईरल भएकै छन्। ९ दिनमा १० केजी तौल घट्नु चानचुने कुरा थिएन तर पाईपबाट दिईएको सलाईन पानीले जीवन रक्षा गर्यो, खाना पानी नखादा पनि बाँच्न सकिने रहेछ भन्ने अनुभुति भयो।

मेरो स्वास्थ्य अवस्था विग्रदै जान थाल्दा अनशनस्थलमा लगानीकर्ताहरुको संख्या बढ्नुको सट्टा घट्न थाल्यो। त्यही मौकामा लगानीकर्ताका केही नेताहरुले हाम्रो आमरण अनशन तुहाउन र यसपटक रित्तै अनशनस्थलबाट फर्काउन कस्तोसम्म हर्कत गरे भन्ने कुरा समय क्रममा खोलौला। अनशन सफल पार्ने कसमसहित अनामनगरको बाजेको सेकुवामा जेठ ३१ गतेको बैठकबाट जिम्मेवारी लिएकाहरु नै गायव भए।

मलाई अनशनस्थलमा गाह्रो हुँदा पहिले जे पर्दा पनि साथ दिन्छौ भनी कसम खाएका कतिपयले फोन समेत बन्द गरेर बस्दा अनशनस्थलमा रहेकाहरुले थरिथरिका प्रश्नहरु गरिरहेका थिए। आफ्नो स्वार्थ पुरा नहुने भयो भन्ने ठानेर अन्तिम अवस्थामा धोका दिएर वेपत्ता हुनेहरुको योगदानलाई मैले जिन्दगीभर मैले भुल्न सक्दिन। वक्तव्य जारी गर्न, नेतासँग फोटो खिँचाउन र वार्ता समितिमा बस्न एक नम्बर मै नाम हुनुपर्ने माग गर्ने तर लगानीकर्ताको आन्दोलन र अनशनबाट कुलेलम ठोक्नेहरु को हुन् भनेर सबैलाई थाहा छ। तर पनि यो उहाँको पनि विजय हो र समग्र पूँजीबजारको जीत हो।

जसले हामीलाई गाली र आलोचना गर्नुभयो, उहाँहरुको कारणले हामीले आफैलाई जाँच्ने र कतै गलत भयो कि भनेर समीक्षा गर्ने अवसर प्राप्त गर्यौं। जसले साथ दिनु भएन, किन साथ दिनु भएन भनेर खोज्ने र आफैले आफैलाई प्रश्न गर्न पायौं, जसले अन्तिम अवस्थामा छाडेर हिड्नुभयो उहाँहरु किन छाडेर हिड्नु भयो भनेर पत्ता लगायौं। त्यसैले हामीलाई आत्मसमीक्षा गर्ने अवसर जुटाईदिनु भएकोमा उहाँहरुलाई धन्यवाद।

आन्दोलनमा लगानीकर्ताहरुवीचको स्वार्थको लडाईको सन्तुलन मिलाउन र भ्यागुताको धार्नी पुर्याउन असभव थियो, पहिले नै एकिन गरेको त्यो कुरालाई फेरि मज्जाले महसुस गरियो। कतिपयले हाम्रो आन्दोलनको वीचमा आफ्नो स्वार्थको रोटी सेक्ने र माहौललाई आफ्नो पक्षमा मोडेर मौकाको फाईदा उठाउने प्रयास पनि गरे र स्थिति अलि अराजक, शंकाष्पद पनि बन्न गयो। धितोपत्र बोर्डकै कर्मचारीमाथि हातपातको अवस्था आउँदा हाम्रो सुझबुझले त्यसलाई सफलतापुर्वक नियन्त्रण गर्यौं। अनशन बसेको मानिसले भीडलाई नियन्त्रित र निर्देशित गर्नुपर्ने दोहोरो भुमिका खेल्नुपर्यो।

यसपटकको आन्दोलनमा अनलाईन मिडियाहरुको ठूलो भुुमिका रह्यो, कयौं संचार माध्यमका साथीहरुले अहोरात्र हाम्रो आन्दोलनलाई साथ सहयोग गरी सूचना र समाचार प्रवाह गर्नुभयो। तर दुःखको कुरा आफुलाई मूलधारको संचार माध्यम भन्ने केही ठूला संचार माध्यमहरुले हाम्रो आन्दोलनलाई शेयरको मूल्य घटाउँन भन्दै बदनाम गर्ने र कतिपयले समाचार नै ब्ल्याक आउट गर्नेसम्म गरेर पत्रकारिताको धज्जी उडाए। फोनबाट पटक पटक खबर गर्दा पनि वेवास्ता गर्ने ती संंचारमाध्यमका आर्थिक पत्रकार कुन स्वार्थबाट प्रेरित थिए, बुझ्न सकिएन।

५२ लाख लगानीकर्ताका साझा आवाज बोकेर यसपटक हामी सडकमा उत्रिएका हौंं। हामीले पूँजी बजारमा दशौँ करोडदेखि १० कित्ता लगानी गर्नेसम्मका मुद्दाहरु उठाएर अगाडि बढेका हौं। पाखा पखेरामा घाँस दाउरा काट्ने, भैसी चराउने, स्कुल जाने, खाडीका तातो घाममा श्रम गर्नेसम्मका मुद्दाहरु त थिए नै, राजधानीमै बसेर दशौं करोडको शेयर कारोबार गर्ने र बैंकबाट अर्ब रुपैयाँ शेयर धितो कर्जा लिनेका मुद्दा पनि हामीले नै बोकेका हौं।

ब्रोकर, मर्चेन्ट बैकर, बाणिज्य बैंक देखि संस्थागत लगानीकर्ताका सरोकारका विषयहरु हाम्रो एजेण्डामा समावेश छन्, त्यसैले हामीले कसैलाई विरोधी, कसैलाई समर्थक बनाउने प्रयास गरेनौ तर आन्दोलनमा सम्बद्ध सबै पक्षहरुको सहभागिता र सक्रियता देखिएन, जुन दुःखद् हो । उल्टै मार्जिन कलको आतंकबाट लगानीकर्तालाई प्रताडित पार्ने काम भयो।

धितोपत्र बोर्डकै कर्मचारी युनियनले हामी लगानीकर्ताले अघि सारेको मागलाई जायज भन्दै त्यसलाई बोर्डले मात्रै पुरा गर्न नसक्ने भएकाले सरकारको ध्यानाकर्षण गराउदा माग सम्बोधनको मुद्दा पेचिलो बनेको थियो। हाम्रो आमरण अनशनलाई त्यहाँ खटिएका प्रहरीबाट ठूलो साथ सहयोग भयो। अनशनस्थलमा हुलहुज्जत गर्नेहरुलाई नियन्त्रण गरेर हाम्रो अभियानलाई सभ्य र शिष्ट बनाउने र मेरो स्वास्थ्य अवस्था गंभीर बन्दै जाँदा उपचारका लागि सही प्रबन्ध गरेर प्रहरी अधिकारीहरुले ठूलो गुन लगाउनु भयो र त्यसबाट हाम्रा मागहरु सम्बोधन गर्नमा थप बल प्राप्त भयो।

यसपटक हामीले थाहा पाएको महत्वपूर्ण कुरा यो हो कि नेपालको शेयर बजारमा तल्लो तह जवानदेखि माथिल्लो तहका प्रहरी अधिकारी र उहाँहरुको परिवारका सदस्यको पनि ठूलो लगानी छ। उहाँहरु आफ्नो लगानी सुरक्षाका लागि चिन्तित हुँदै पूँजी बजारको विकास र विस्तारका लागि आफ्नो हैसियत अनुसार सहयोग र समर्थन गरिरहनु भएको छ।

मेरो जीवन रक्षाका लागि अनशनस्थलमा हरदम रहेर साथ सहयोग गर्ने विराटनगरका संदिप खड्कादेखि पबित्रा ज्ञवाली सिग्देल, रोहन कार्की, एसपी चौलागाई, विनोद बजगाइँ, रामकेशर अधिकारी, रमेश ढकाललगायतका धेरै साथीहरु हुनुहुन्थ्यो। विशेष आभार खासगरी डा. सचिन घिमिरे, डा. अजित मल्लिक, डा. अरविन्द जोशी र डा. स्मारिका अधिकारीप्रति व्यक्त गर्दछु। उहाँहरुको योगदानको हामी जीवनभर ऋणी रहनेछौ। रात दिन नभनी उहाँहरुले स्वास्थ्य सेवा उपलब्ध नगराउनु भएको भए सम्भवतः म बाँच्दैन थिँए होला।

धेरै लगानीकर्ताहरु जसले आन्दोलन र अनशनमा प्रत्यक्ष सहभागी भएर माग र अहिलेको उपलब्धिको स्वामित्व बोध गर्नुभया, सबैलाई नमन गर्दछु। पूर्वको झापा, विराटनगर र पश्चिमको पोखराबाट समेत लगानीकर्ता साथीहरु आएर अनशनमा साथ दिनुभयो। कतिले राजधानी भन्दा बाहिर रहेर पनि जिल्ला प्रशासन कार्यालयमा हाम्रो ज्ञापन पत्र लिएर जानुभयो र प्रदर्शन गर्नुभयो। प्रत्यक्ष सहभागिता जनाउँन नसके पनि कतिले सामाजिक सञ्जालमार्फत आन्दोलन तीब्र पार्नुभयो।

जसले पूँजी बजार सुधार विस्तारको आन्दोलनको नकारात्मक टिप्पणी गर्नुभयो, शेयरको मूल्य घटाउन वा बढाउन गरेको भनेर दोषारोपण गर्नुभयो, उहाँहरु पनि धन्यवादको पात्र हुनुहुन्छ किनभने उहाँहरुको नकारात्मक प्रचारवाजीले आन्दोलनको एजेण्डा स्थापित गर्न बल पुग्यो। जो लगानीकर्ता राजधानीमै रहेर एकदिन पनि आन्दोलनमा आउनु भएन र अन्य माध्यमबाट पनि सहयोग, समर्थन गर्नुभएन, उहाँहरुलाई पनि धन्यवाद।

धितोपत्र बोर्ड र हामीवीचमा सबै माग पुरा गर्ने १९ बुँदे सम्झौता हुनासाथ पूँजी बजार सुधार र विस्तारको काम पुरा भएको हैन, शुरु मात्र भएको हो। धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशकद्वय विनयदेव आचार्य र मुक्तिनारायण श्रेष्ठ, हामी लगानीकर्ताका तर्फबाट एसपी चौलागाँई र रोहन कार्कीको कार्यान्वयन समितिले तत्कालै काम शुरु गरी सुधार र बिस्तारको क्रम अगाडि बढाउनेछ। त्यसका लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पूर्ण प्रतिबद्ध मात्रै हुनुहुन्न, आफ्नो कार्यकालमा नेपालको पूँजी बजारलाई नीति, नियम, प्रविधि र पुर्वाधारले समुन्नत पारी सही नियमन गरेर नयाँ उचाई दिन आँतुर हुनुहुन्छ। कुनै स्वार्थ समूहको घेराबन्दीमा रहेर चल्ने मान्छे उहाँ हैन। त्यसै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र हामी लगानीकर्ताहरुको उहाँलाई दह्रो साथ छदैछ।

अन्तिममा, म विश्वास दिलाउँछु, नेपालको पूँजीबजारमा अब धेरै कुरा हुन्छ, सर्वसाधारण लगानीकर्ताको हितमा लगानीको वातावरण बन्छ र पूँजी बजार विकशित र विस्तारित भएर जान्छ। फेरि हामीले आन्दोलन र आमरण अनशन बस्ने दिन आउने छैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Lata shah
Guest
Lata shah
June 26, 2022 10:42 am

Hajur ko pahal khera najawos 🙏🙏Nepal sarkar ko aakha khulos 🙏jay hos share laganikarta ko



ताजा समाचार
लोकप्रिय
सिफारिस