×
Nepse Bajar Messenger Channel
आशा लघुवित्तको साधारणसभा २७ कात्तिकमा, यस्तो छ विशेष एजेण्डा



आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा साधारणसभा बोलाएको छ । लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजे पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले १२ कात्तिकमा एक दिन बुकक्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र लघुवित्तको सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशनसम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको एजेण्डा छ ।

58dd37337fe45d4121ba3de24d5224bb page 001 scaled आशा लघुवित्तको साधारणसभा २७ कात्तिकमा, यस्तो छ विशेष एजेण्डा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस