RMF1 7.97 0.21 SBIBD86 1060 -1.2 SAGF 8.58 -0.09 HBL 175.6 -2.4 PRVU 139 -1 LBLD88 999 -1 SHINE 390 -6.9 RHPL 265.9 -1.1 NRM 377.1 17.4 MLBL 328 -2 SRLI 434.1 -5.9 SMJC 363 2 RMF2 8.64 -0.16 GHL 149.3 -0.7 OHL 759 5 UPCL 194 -0.5 AHPC 162 -3 HURJA 280 -6 MLBSL 1900 61 MAKAR 370 -3.9 HDHPC 133.4 0.3 NADEP 795 18.3 NHDL 464 11.8 CMF1 8.7 -0.13 KRBL 425 -10.1 MKJC 431 -14 ADBL 241.1 -2.9 RSDC 712 8 GWFD83 1220 10 JALPA 1587.3 144.3 SMATA 941 29 SHL 436.9 -7.2 SBLD83 1040.1 -2.9 MMKJL 438 -9 SFCL 338 -7 JFL 510 -6 GFCL 456.8 -0.2 SDLBSL 1008 68 SINDU 384.6 -5.3 BPCL 295 1
×
रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी



पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

बुधबार स्वतन्त्र उम्मेदवार अभियानले आयोगमा उजुरी दिएलगत्तै स्वतन्त्र उम्मेदवार घोषणा गरेका तीनजनाले पनि रवि लामिछानेविरुद्ध आयोगमा उजुरी दिएका छन् ।

स्वतन्त्र उम्मेदवारको विमति राख्दै काभ्रेमा गोकुल बास्कोटासँग निर्वाचन लड्ने घोषणा गरेका मनोज पण्डित, विश्व साइकल यात्री पुष्कर शाह, राष्ट्रिय पोसाक अभियानका अभियन्ता राजकुमार बजगाईंले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई उजुरी दिएका हुन् ।

‘‘स्वतन्त्र’ शब्दको आफैंमा महत्व रहेको र दलीय भिडबाट फरक छुट्याउन यसले अर्थ बोक्ने हुँदा यही शब्दलाई दलको नाम दिँदा हामी स्वतन्त्र उम्मेदवारहरुलाई उत्पन्न असहज परिस्थितिको निर्माण हुनेछ,’ उजुरीमा भनिएको छ, ‘स्वतन्त्र’ शब्दको अर्थकै अपब्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा श्रीमानले गहन विश्लेषण गरी निर्णय लिन हुन अनुरोध गर्दछौं।’
लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गर्ने घोषणा गर्दै दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

288840100 1252752868842031 793117094710539352 n रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस