सामलिङ्गको आईपीओमा आवेदनको ओहिरो , पहिलो दिननै मागभन्दा बढी आवेदन

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

कम्पनीको आईपीओमा ४ लाख ३० हजार ५ सय २१ आवेदकले ५३ लाख १८ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन्।  आवेदकले कुल  ५३ करोड १८ लाख ५२ हजार बराबरको शेयर खरिदको लागि आवेदन दिएका हुन्।   कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कुल आईपीओमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्ता तथा अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।  सर्वसाधारणले ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

यस कम्पनीकोआईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

साताको चर्चित

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।