×
Lagani
Lagani Shiksha gif
पहिलो दिननै ११ हजार कमाउने गरि कारोबारमा आउदै सीवाईसी नेपाल लघुवित्तको आईपीओ !



सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) अधिकतम १०३३.०८ रुपैयाँसम्म खुल्नसक्ने देखिएको छ ।

कम्पनीको परिष्कृत वित्तीय विवरणमा कायम भएको प्रतिसेयर नेटवर्थलाई आधार मान्दा नेप्सेले दिने ओपनिङ रेञ्जको आधारमा उक्त तथ्याङ्क देखिएको हो ।नेप्सेले हरेक कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थलाई आधार मानेर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्म अधिकतम ओपनिङ रेञ्ज तोक्ने गरेको छ ।

Lagani Shiksha gif
sharehubapk पहिलो दिननै ११ हजार कमाउने गरि कारोबारमा आउदै सीवाईसी नेपाल लघुवित्तको आईपीओ !

यसआधारमा कम्पनीले न्यूनतम ३४४.३६ रूपैयाँ पैसादेखि अधिकतम १०३३.०८ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको छ । यो आधारमा कम्पनीको धितोपत्रको दोस्रो बजार (नेप्से) मा पहिलो कारोबार न्यूनतम ३४४ रुपैयाँदेखि १०३३ रुपैयाँसम्म जुनसुकै मूल्यमा पनि कारोबार खुला हुन सक्नेछ ।

नेप्सेले कम्पनीको दोस्रो बजारमा कारोबारका लागि सीवाईसीएल संकेत (सिम्बोल) दिएको छ । सोमबारदेखि कम्पनीको यहि कारोबार संकेतमा लघुवित्तको सेयर कारोबार सुचारु हुनेछ । ओपनिङ रेन्ज अनुसार पहिलो कारोबार न्यूनतम ३४४.३६ रुपैयाँदेखि अधिकतम १०३३.०८ रुपैयाँभित्र रहेर हुनेछ ।

सीवाईसी नेपाल लघुवित्तको शुक्रबार कम्पनीको आईपीओसहित कुल १२ लाख १६ हजार ४१८ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको धितोपत्रको कारोबार जेठ ३० गते सोमबार बिहान साढे १० देखि पौने ११ बजेभित्र स्पेशल प्रि ओपनिङ्गमा कारोबार भएपछि नियमित कारोबार खुला हुनेछ ।

लघुवित्तले २–६ वैशाखसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कुल जारी सेयरमध्ये जारी पूँजीको ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो भने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

उक्त सेयरमध्ये कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर ३ लाख ६९ हजार ४८८ कित्ता सेयर १५ वैशाखे बिहीबार बाँडफाँट सम्पन्न भएको थियो । धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम लघुवित्तको आईपीओ गोलाप्रथाबाट ३६ हजार ९४८ जनाले आईपीओ प्राप्त गरेका थिए ।

लघुवित्तको आईपीओमा कुल २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएकाले २२ लाख दुई हजार ३६१ वटा आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यसअनुसार २२ लाख पाँच हजार ६३३ जनाको आवेदनबाट दुई अर्ब ४५ करोड २० लाख १४ हजार रुपैयाँ बराबरको दुई करोड ४५ लाख २० हजार १४० कित्ताको माग भएको थियो । जुन सर्वासधारणबाट माग भएको कित्ताको ६६.३६ गुणा बढी थियो । रद्द भएको तीन हजार २७२ जनाको आवेदनबाट ३६ लाख ४९ हजार रुपैयाँ बराबरको ३६ हजार ४९० कित्ताको माग रद्द भएको छ ।

आईपीअघि आठ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर बाँडफाँडपछि लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस