×
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनार्थ बैंकले ५-१६ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ ।

बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकको १७औं वार्षिक साधारणसभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले गत वर्षको नाफाबाट १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।

सांग्रिलाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेस हुने लगायतका एजेण्डा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस