आज स्पेशल प्रि ओपन सेसनमा बलेफी हाइड्रोपावरको पहिलो कारोबार भएको छ।
हिजो नेप्सेमा सूचीकृत भएसँगै आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको निम्ती ९३ रुपैयाँ ६४ पैसा देखि २८० रुपैयाँ ९२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोहि आधारमा यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।
आज कम्पनीको शेयर प्रतिकित्ता १०४ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको शेयरलाई BHL कारोबार संकेत प्रदान गरेको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि १८ लाख २७ हजार ९७० कित्ता, सर्वसाधारण शेयरधनीहरुका लागि (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) १८ लाख २७ हजार ९७० कित्ता र कम्पनीको संस्थापकहरुले लगानी गरेको १ करोड ४६ लाख २३ हजार ७६० कित्ता शेयर गरी कुल १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर हिजो नेप्सेमा सूचीकृत भएको थियो।

















