×
Lagani
Lagani Shiksha gif
अब नेप्सेमा शुक्रबार पनि कारोबार हुने !



अब नेप्सेमा शुक्रबार पनि कारोबार हुने भएको छ।

सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएसंगै नेप्सेले आइतबार हुने कारोबारको साटो शुक्रबार कारोबार खुल्ला गर्ने सम्भावना रहेको नेप्सेले जनाएको छ। आइतबारदेखि बिहीबारसम्म हुँदै आएको कारोबारलाई सोमबारदेखि शुक्रबारसम्म सारिने छ।

Lagani Shiksha gif
sharehubapk अब नेप्सेमा शुक्रबार पनि कारोबार हुने !
 नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारेमा नेप्सेले कुनै आधाकारिक निर्णय भने नगरेको बताए । ‘सरकारको यो निर्णयसँगै हामी शुक्रबार कारोबार खुलाउन नेपाल धितोपत्र  बोर्डसँग भोली नै छलफल गर्नेछौं’ सिइओ कार्कीले भनेका छन्।

जेठबाट लागू हुने गरि सरकारले परीक्षणका रूपमा भन्दै यो व्यवस्था गर्न लागेको हो। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

इन्धन खपत कम गर्न भन्दै सरकारले दुई दिन बिदाको निर्णय गरेको हो। पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस