×
अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले आईपीओ निष्कासन गर्न बोर्डबाट पायो अनुमति



अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको थियो ।

बोर्डले वैशाख ७ गते उक्त कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा २३ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस